क्षत्रिय बैठकमा महिलाहरुको सहभागिता बढाउन ध्यानाकर्षण

pic
  • 7
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, १ असोज। अन्तर्राष्ट्रिय समन्वय परिषद् गैरआवासीय नेपाली संघले गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रको क्षत्रिय बैठकमा महिलाहरुको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण भएको जनाएको छ।  यसै विषयमा छलफल गर्न संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठक बसेको थियो।

उक्त बैठकमा अमेरिका क्षेत्रिय बैंठकमा भएका कमिकमजोरी र त्रुटिकाबारे आत्मआलोचना गर्दै भविष्यमा यस्ता गतिविधि नदोहोराउने बैठकपछि जारी प्रेस विज्ञप्तिमा प्रतिवद्धता जनाइएको छ। महिला तथा युवाहरुको सकृय सहभागिता बिना एनआरएन अभियान अपुरो हुने भन्दै आगामी दिनमा महिलाहरुको सहभगिता बढाउने वातावरण बनाइने बैठकले निर्णय समेत गरेको छ।

अन्तर्राष्ट्रिय समन्वय परिषद् गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‛ क्षेत्रिय बैठकका क्रममा सिकेका पाठलाई आत्मसाथ गर्दै नेपालीको लागि नेपाली भन्ने एकताको भावनाले अगाडि बढ्न सबैमा विनम्र अनुरोध गर्दछौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्