नारायणगढ-मुग्लिङ सडक फेरि अवरुद्ध

muglin_narayangad
  • 5
    Shares
लोकपाटी न्यूज

चितवन। मुग्लिन-नारायणगढ सडक अवरुद्ध फेरि भएको छ। अविरल वर्षासँगै झरेको पहिरोका कारण आज बिहान करिब ५ः४० बजेतिर उक्त सडकको ठाउँठाउँमा पहिरो झरेका कारण सडक अवरुद्ध भएको हो।

चितवन भरतपुर २९ स्थित चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानमा माथिबाट पहिरो झरेको ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

पहिरो हटाइ यातायात सुचारु गराउन करिब ३ घण्टा भन्दा बढी समय लाग्ने पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्