बयलगाडेहरुको हातमा संविधान सुरक्षित छैनः डा बाबुराम भट्टराई

Baburam_Bhattarai
  • 40
    Shares
लोकपाटी न्यूज

काठमाडौं। समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईले संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह रहेको बताएका छन्। संविधान दिवसमा सबैले सम्झनुपर्ने भन्दै उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्तो बताएका हुन्।

उनले भनेका छन्, ‘संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन्, अरू धाइ, सुसारे, पण्डा, नर्तकी, तमासे हुन्।’ भट्टराईले नेपालको संविधान असुरक्षित रहेको समेत बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित नरहेको बताएका हुन्।

डा. भट्टराईले प्रधानमन्त्रीलाई लक्षित गर्दै गर्भमै यातना दिएर शिशुलाई अपाङ्ग बनाउने बयलगाडेहरुको हातमा संविधान सुरक्षित नरहेको टिप्पणी गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन एमालेको अध्यक्ष हुँदा नेपालमा गणतन्त्र स्थापना हुनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नु जस्तै हो भनेर अभिव्यक्ति दिएका थिए। सोही प्रसंगमा भट्टराईले बयलगाडेहरुको हातमा संविधान सुरक्षित नरहेको बताएका हुन्।

प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले भनेका छन्, ‘गर्भमै यातना दिएर शिशुलाई अपाङ्ग बनाउने बयलगाडेहरूको हातमा यो सुरक्षित छैन। अपाङ्ग शिशुको उपचार र रक्षा गरौँ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्