शेरबहादुर देउवाको कोरोना रिपोर्ट नेगेटिभ

sher Bahadur Deuwa
  • 24
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २ असोज। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।  बिहीबार सभापति देउवा र उनको परिवारका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो। शुक्रबार बिहान कोरोना परीक्षण रिपोर्ट आएको हो। उनको घरमा काम गर्ने एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो।

केही दिनअघि दुई जना सहयोगीलाई ज्वरो आएपछि कोरोना परीक्षण गरिएको थियो। उनीहरुमध्ये एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि सभापति देउवासहित परिवारका सबै सदस्य होम आइसोलेसनमा बसेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्