संविधान दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो यस्ता अफर

nepal telecomme
  • 32
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल टेलिकमले संविधान दिवस (राष्ट्रिय दिवस)को अवसर पारेर अफर घोषणा गरेको छ। कम्पनीले अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एड-अन प्याक उपलब्ध गराएको हो। असोज २ देखि ४ गतेसम्म अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रतिप्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड-अन प्याकका रूपमा १५ रुपैयाँमा १ जिबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध हुने जनाइएको छ। यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

हाल समर अफरअन्तर्गत २८ दिनको समयावधि हुने १ जिबी परडे डाटा प्याक ८ सय ५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसका अवसरमा यसमा ३४.७ प्रतिशतको छुट प्रदान गरिएको कम्पनीले जनाएको छ। जसअनुसार असोज २ देखि ४ गतेसम्ममा यो प्याक ५ सय ५५ रुपैयाँमा उपलब्ध हुने जनाइएको छ। उक्त अफरहरु *१४१५*११# डायल गरी प्राप्त गर्न सकिनेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्