कोरोनाबाट भारतमा एकै दिन ११ सय ७४ जनाको मृत्यु

coronadeath
फाइल तस्वीर
  • 16
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २ असोज।भारतमा कोरोनाबाट एकै दिन ११ सय ७४ जनाको मृत्यु भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ११ सय ७४ जनाको मृत्यु भएको हो।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ८  हजार नाघेको छ। भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८४ हजार ३७२ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ९६ हजार ४२४ जना संक्रमित पुष्टि भएको छ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५२ लाख नाघेको छ। भारतमा कुल संक्रमित ५२ लाख १४ हजार ६७८ पुगेको छ।भारत अहिले धेरै संक्रमित हुने देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ।

त्यस्तै भारतमा अहिलेसम्म ४१ लाख १२ हजार ५५२ जना ठिक भएका छन्। त्यस्तै १० लाख १७ हजार ७५४ कोरोना संक्रमित विरामी उपचारत रहेका छन्।

त्यस्तै भारतमा अहिलेसम्म कुल ६ करोड १५ लाख ७२ हजार ३४३ नमुना परिक्षण गरिएको छ। जसमा पछिल्लो २४ घण्टामा १० लाख ६ हजार ६१५ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्