सुन चाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

  • 10
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २ असोज। नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। बुधबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ४ सय रुपैंयाँले बढेको छ। शुक्रबार सुन ९७ हजारमा कारोबार भइरहेको छ। यस्तै आज तेजावी सुन तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि १० रुपैयाँ बढेको छ। महासंघका अनुसार बिहीबार तोलामा १,३२० रुपैयाँमा कारोबार भएको चाँदी आज १,३३० मा कारोबार भइरहेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्