कोरोनाबाट चितवनमा ३१ वर्षीय युवाको मृत्यु

coronadeath
फाइल तस्वीर
  • 3
    Shares
लाेकपाटी न्यूज

चितवन, २ असोज। चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ। नवलपुरको देवचुली नगरपालिकाक ३१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

युवकलाई भदौ २५ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भएका कारण अस्पताल भर्ना गरिएको थियो। २६ गते उनमा संक्रमण पुष्टि भएको थियो। उनको आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भैरहेको थियो। योसंगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ८४ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्