चितवनमा एकै दिन २१२ जनामा कोरोना

covid-19_corona
  • 2
    Shares
लाेकपाटी न्यूज

चितवन, २ असोज। चितवनमा एकै दिन २१२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा २०४ र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो।

बिहीबार चितवन मेडिकल कलेज ल्याबमा सोही अस्पतालबाट लिइएको स्वाब र भरतपुर अस्पतालले पठाएको स्वाब गरी ६५३ वटा नमूना परीक्षण गरिएको थियो। जसमध्ये चितवन मेडिकल कलेजबाट स्वाब दिएका मध्ये ३७ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै भरतपुर अस्पतालले पठाएको स्वाब मध्ये १६७ जनामा संक्रमण पुष्टि भएको छ। भरतपुरबाट पठाएको स्वाब केही पुराना संक्रमित व्यक्ति समेत रहेको र उनीहरुको पनि पोजिटिभ आएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

यस्तै भरतपुर अस्पताल कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा सबै चितवनकै ८ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये भरतपुर महानगरपालिकाका २, खैरहनी नगरपालिकाका १ र राप्ती नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको छ। राप्तीका पाँचै जना संक्रमित सशस्त्र प्रहरी बल भण्डाराका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्