नमूना टोल निर्माणमा प्रबासीले गरे फिल्टर सहयोग

pic 5
  • 72
    Shares
लाेकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा, २ असोज। वडिमालिका नगरपालिका वडा न.५ मनाको पश्चिम नमूना टोललाई नमूना बनाउने अभियानमा साथ दिँदै सोही गाउँबाट भारतको मुम्बइमा रहेका व्यक्तिहरुले करिब ५३ हजार बराबरको पानी छान्ने फिल्टर सहयोग गरेका छन्।

फिल्टर ४०घरधुरी मध्य प्रतीघर एकका दरले ४० ओटानै वितरण गरिएको स्थानीय पुस्प मिजारले बताएका छन्। आफ्नो समुदायको सकारात्मक कार्यका लागि आफूहरुले जस्तोसुकै सहयोग गर्ने र गरिरहेको मुम्बईबाट गोपाल मिजारले बताए।

कामको सिलसिलामा मुम्बईमा रहेका करिब २५ परिवारले सो रकम सहयोग गरेको गोरख मिजारले बताए। अहिले पश्चिम टोल नमुना बन्ने प्रक्रियामा रहेको छ। उ

क्त टोलमा ३३ वटा सुरक्षित र प्रयोग मैत्री शौचालय, ४० ओटा घरपरिवारका भाडा सुकाउने चाङ जुठ्यान,सबै घरपरिवारमा साबुनपानीले हात धुन टुटि सहितका ड्रमको व्यवस्थापन, सहि तरिकाले फोहोर व्यवस्थापन, लगायतका नमूना टोल बनाउन आवश्यक सूचकहरुको निर्माण लगभग अन्तिमतिर गइरहेको नमुना टोल निर्माण मा सहयोगी भुमिका खेलिरहेको UN-HABITAT का सहजकर्ता प्रेम साउदले बताए।

अभियानमा बडिमालिका नगरपालिकाले पनि सहयोग गरिरहेको छ। फिल्टर वितरण कार्यक्रममा वडा अध्यक्ष बलबहादुर थापा र गाउँका अगुवाहरुको पनि सहभागिता रहेको थियो। सफा पानी पिउन आफन्तले प्रवासबाट फिल्टरका लागि आर्थिक सहयोग गरिदिएकोमा आफूहरु अत्यन्तै खुशी भएका छौं स्थानीय धरमपाल मिजारले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्