विश्वभर करिब१ अर्ब २० करोड बालबालिका गरीबीको रेखामुनि

children
  • 5
    Shares
लाेकपाटी न्यूज

एजेन्सी। कोरोना महामारी र लकडाउनका कारण विश्वभरी करिब १५ करोड बालबालिका गरिबीको रेखामुनि धेकेलिएका छन्। बालबालिकाका लागि काम गर्ने संयुक्त राष्ट्र संघको संस्था युनिसेफले जनाएको छ।

कोरोना संकटका कारण थपिएका सहित विश्वमा गरिबीको रेखामुनी पुग्ने बालबालिकाको संख्या करिब १ अर्ब २० करोड पुगेको जनाइएको छ ।

युनिसेफ र बाल अधिकारका लागि काम गर्ने संख्या सेभ द चिल्ड्रेनको ताजा प्रतिवेदनका अनुसार कोरोनाका कारण करोडौं बालबालिका गरिब भएका छने भने पहिले नै गरिब बालबालिकाको अवस्था अझ दयनीय भएको छ।

अध्ययन अनुसार महामारी र लकडाउनका कारण यस्ता बालबालिकाको संख्यामा १५ प्रतिशतले वृद्धि भएको छ। युनिसेफले अबको समयमा स्थिति थप बिग्रन सक्ने चेतावनी समेत दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्