गणेशमान सिंहको २३ औं स्मृतिमा माल्यार्पणसहित पार्क सरसफाई 

ll
  • 50
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २ असोज। नेपाली काँग्रेस (वी पी) ले गणेशमान सिहंको २३ औं स्मृतिमा काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटीकामा उनको शालिकमा माल्यार्पणसहित पार्टीको झन्डा राखी मनाएको छ।

माल्यार्पण कार्यक्रममा भएको कोणसभामा बोल्दै सभापती हरिबोल भट्टराई पूर्व मन्त्रि तथा पार्टी महामन्त्री सुशीलमान सेरचन लगायतले गणेशमान सिहंको योगदानको चर्चा गर्दै नेपाली काँग्रेसले गणेशमान सिहंलाई अन्तिम समयमा पार्टी छोडन बाध्यता पारिएको भन्दै उनको शालिकमा माल्यार्पण गर्ने तथा स्मृति र जन्म जयन्ति मनाउने तथा फोटो बेच्ने अधिकार नभएको जिकिर गरे।

कार्यक्रम नेकपा माओवादी सर्वहारा का अध्यक्ष भावना बिद्रोहीले पनि सिहंको योगदानको चर्चा गरेकी थिइन। पार्टीले सिहंको शालिक रहेको शान्तिवाटीकामा पार्कमा नगरपालिकाले गरिरहेको सरसफाई कार्यक्रममा सभापती लगाएत नेताकार्यकर्ताले सहयोग गरि सरसफाई पनि गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्