अमेरिकन राष्ट्रति ट्रम्पमाथि फेरि यौन दुर्व्यवहारको आरोप

Donald_trump_0_0
  • 24
    Shares
लाेकपाटी न्यूज

एजेन्सी। अमेरिकी राष्ट्रति डोनाल्ड ट्रम्पमाथि फेरि यौन दुव्र्यवहारको आरोप लागेको छ। अमेरिकी पूर्वमोडल एवं कलाकार एमी ठोरिसले २३ वर्षअघि ट्रम्पले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी हुन्।

द गार्जियनसँगको अन्तर्वार्तामा उनले ओपन टेनिस च्याम्पियनशीपका क्रममा ट्रम्पले आफूसँग जबरजस्ती गरेको दावी गरेकी हुन्। यद्यपि ट्रम्पले यो आरोपलाई भने खण्डन गरेका छन्।

ट्रम्पका वकिलले ३ नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावभन्दा पहिला उनको छबी खराब गर्न यस्ता प्रकारका आरोप लगाइएको टिप्पणी गरेका छन्। यसअघि पनि ट्रम्पलाई दुव्र्यवहारको आरोप लागेको थियो।

द गार्जियनले टेनिस खेलका क्रममा भीआइपी बक्समा बसेका एमी र ट्रम्पको तस्विर पनि सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्