चकलेट दिएर बालिका बलात्कार गर्ने पक्राउ

hatkadi-pakrau
  • 9
    Shares
लाेकपाटी न्यूज

उदयपुर, २ असोज। चार वर्षीय बालिका बलात्कार अभियोगमा त्रियुगा नगरपालिका ११ गाईघाटका १९ वर्षीय मनोज ठाकुर पक्राउ परेका छन्। उनले छिमेकी बालिकालाई चक्लेट दिएर फकाई आफनौ कोठामा लगेर बिहिवार राती बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) भीमबहादुर दाहालले बताए।

ठाकुर र बालिकाको घर आमन्ने सामने रहेको अबस्थामा साँझमा बालिका आफनौ घर अगाडी खेलि रहेकी थिइन् ठाकुरले चक्लेट दिएर कोठा भित्र लति बलात्कार गरेको प्रहरीको भनाइ छ। ठाकुरलाई प्रहरीले तत्काल पक्राउ गरी जबरजस्ती करणी सम्बन्धि मुद्धामा म्याद थप गरेर आवश्यक अनुसन्धान थालेको छ।

उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को जबरजस्ती करणीको दफा २१९ को (३) (क) को माग दाबी गरि म्याद थप गरिएको छ। सोही अनुरुप सजाय पाएमा ठाकुरलाई १६ वर्ष देखि २० वर्ष सम्म सजाय हुने ब्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्