आलु र प्याजमा कालोबजारी गर्ने व्यवसायीमाथि ५० हजार जरिवाना

onions
  • 9
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २ असोज। कालिमाटीका आलु तथा प्याजमा कालोबजारी गर्ने तरकारी व्यवसायी कारबाहीमा परेका छन्।शुक्रबार वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आलु तथा प्याजमा कालोबजारी गर्ने एक व्यवसायीलाई ५० हजार जरिवाना गरेको हो।

भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको कालोबजारी गर्ने क्रम बढेको छ। प्याजको कालोबजारी  नियन्त्रण गर्न विभागले दैनिकजसो अनुगमन गर्न थालेको छ।

शुक्रबार पनि अनुगमनकै क्रममा कालोबजारी गर्ने व्यवसायी कारबाहीमा परेका हुन्। यस्तै काठमाडौंकै चन्द्रागिरी ८ को एक ग्यास स्टोरलाई कागजात सहित उपस्थित हुन विभागले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्