शुक्रबार थपिए २ हजार २० जना कोरोना संक्रमित

covid-19_corona
  • 13
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‌‌. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ६१ हजार ५ सय ९३ पुगेको बताए।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार ८७१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। संक्रमित मध्ये निको हुने दर ७१.१ प्रतिशत रहेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८२० पुगेको छ। पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। सरकारका अनुसार अहिलेसम्म ३९० जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

अहिले देशभरि १७,३८३ जनामा सक्रिय संक्रमण छ। तीमध्ये ९,२९५ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको मन्त्रालयले जनाएको छ। प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा संक्रमितको सङ्ख्या धेरै छ। त्यसमा पनि काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या सर्वाधिक छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्