कैलालीकी एक पत्रकार मृत अवस्थामा फेला

Death pic
सांकेतिक चिन्ह
  • 14
    Shares
लाेकपाटी न्यूज

धनगढी, २ असोज। तीन दिनदेखि सम्पर्कविहीन बनेकी कैलालीकी एक पत्रकार मृत फेला परेकी छन्। कैलालीको लम्किस्थित कैलाली एफएममा कार्यरत २३ वर्षीया पत्रकार निर्मला पहराई आज झुण्डिएको अवस्थामा लम्किचुहा नगरपालिका ५ स्थित फूलवारी सामुदायिक वनमा मृत भेटिएकी प्रहरीले जनाएको छ।

उनि भदौ ३१ गते सुख्खड जाने भनि हिडेकी परिवारजनले जनाएको छ। मृत अवस्थामा भेटिएकी पत्रकारको हत्या भएको आफन्तको आरोप छ।

ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी नायव उपरिक्षक सागर बोहराका आनुसार घटनास्थलमा प्रहरी निरिक्षकको टोली खटाई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्