काठमाडौं उपत्यकाका थप ८५९ जनामा संक्रमण पुष्टि

corona_virus
  • 10
    Shares
लोकपाटी न्यूज

काठमाडौं। काठमाडौं उपत्यकामा थप ८ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौंका ६९८, भक्तपुरका ८२ र ललितपुरका ७३ जनामा कोरोना पोजिटिभ देखिएको छ। जसअनुसार काठमाडौंमा २१६ महिला र ४८२ पुरुष, भक्तपुरमा ४८ महिला र ३४ पुरुष, ललितपुरमा ३२ महिला र ४७ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ६१ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा २ हजार २० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

१७ हजार ३८३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन् भने होम आइसोलेसनमा ८ हजार ८८ जना छन्। यस्तै क्वारेन्टाइनमा ७ हजार ७३६ जना रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्