गणेशमान नेपाली राजनीतिका शिखर पुरुषः सभापति देउवा

Sher_Bahadur_Deuba
  • 10
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता गणेशमान सिंह नेपाली राजनीतिका शिखर पुरुष, एक सच्चा क्रान्तिकारी नेता र आफ्नो राजनीतिक अभिभावक भएको बताएका छन्।

नेता गणेशमान सिंहको २३ औँ स्मृति दिवसका अवसरमा आज सभापति देउवाले उनकै प्रेरणा र मार्गदर्शनले आफू सानो उमेरमै राजनीतिमा होमिएको बताए। ‘मेरो अभिभावक गणेशमान सिंहप्रति म हार्दिक श्रदासुमन व्यक्त गर्दछु। तपाईको विचार र मार्गदर्शन अजनवि छ,’ सभापति देउवाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

यसैगरी काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि लौहपुरुष गणेशमान सिंहको २३ औँ स्मृति दिवसमा उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनको जाज्वल्यमान इतिहास सर्वमान्य नेता गणेशमान महान त्याग र बलिदानको प्रतिमूर्ति स्वरुप सबैको प्रेरणाको अजस्र स्रोत रहनुभएको उल्लेख गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्