ऊर्जामन्त्री पुनको सुरक्षामा खटिएका १ सुरक्षाकर्मीमा कोरोना संक्रमण

corona_virus
  • 4
    Shares
लोकपाटी न्यूज

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ। मन्त्री पुन, सचिवालयका सदस्य र सुरक्षामा खटिएका सुरक्षाकर्मीको परीक्षण गरिएकोमा एक जनामा संक्रमण पुष्टि भएको हो।

सुरक्षाकर्मीलाई कोरोना देखिएपछि मन्त्री पुन पाँच दिनका लागि होम क्वारेन्टाइनमा बसेका छन्। पुन, परिवारका सदस्य र सचिवालय सदस्य गरी ३० जनाको परीक्षण गरिएको थियो। मन्त्री पुनसहित अन्य सचिवालय सदस्यको भने परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

आज बिहान गरिएको पीसीआर परीक्षणबाट सुरक्षाकर्मीलाई संक्रमण देखिएको प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए। ‘आज बिहान मन्त्रीज्यूसहित उहाँको परिवार र अंगरक्षक गरी ३० जनाको कोरोना परीक्षण गरिएको थियो,’ उनले भने, ‘त्यसक्रममा एक जनालाई कोरोना संक्रमण देखिएको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्