भोलि विश्वकै अग्लो भवनमा नेपालको झण्डा झलमलाउने

burj_khalifa
  • 222
    Shares
लोकपाटी न्यूज

काठमाडौं। संविधान दिवसको अवसरमा दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको झण्डा झलमलाउने भएको छ।

आबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै आफूहरुको पहलमा युएई सरकारले शनिबार साँझ ८ बजे संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको जनाएको छ।

गत वर्ष संविधान दिवसको अवसरमा सो भवनमा पहिलो पटक नेपालको राष्ट्रिय झण्डा झलमलाएको थियो। यस भवनको उचाई ८२९.८ मिटर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्