ललितपुरमा ४ कोरोना संक्रमितको मृत्यु

Corona_Death
  • 10
    Shares
लोकपाटी न्यूज

काठमाडौं। ललितपुरमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ। पाटन अस्पतालमा तीन जनासहित ललितपुरमा उपचाररत चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा ललितपुरका २ जना तथा सर्लाही र भक्तपुरका १/१ जना रहेका छन्। पाटन अस्पतालमा भदौ २६ गते भर्ना भएका सर्लाहीका ६० वर्षीय पुरुष, भदौ २० गते भर्ना भएकी ललितपुरकी ७५ वर्षीया महिला, भदौ २५ गते भर्ना भएकी ललितपुरकी ६८ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको कार्यालयले जनाएको छ।

त्यसैगरी असोज १ गते मेघा अस्पतालमा भर्ना भएकी भक्तपुरकी ९० वर्षीया महिलाको पनि उपचारका क्रममा आज मृत्यु भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्