दार्चुलामा २१ जना कोरोना संक्रमित थपिए

covid-19_corona
  • 4
    Shares
लाेकपाटी न्यूज

दार्चुला, ३ असोज। दार्चुलामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दार्चुलाका दुई स्थानीय तहका दुई जना महिलासहित २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा अहिलेसम्मकै बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले बताए।

मार्मा गाउँपालिकाका ३२, २४, २५, ४४, ३९, ३०, २६, ३०, ३०, ३२ वर्षका पुरुषमा कोरोना देखिएको छ। यस्तै ३४ वर्ष, ३२ वर्ष, २० वर्ष २५ वर्षका पुरुषमा कोरोना पोजिटिभ देखिएको छ भने २२ वर्ष र २८ वर्षका महिलामा समेत कोरोना देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

यस्तै २८ वर्ष ५० वर्ष ३२ वर्ष ४२ वर्ष र ५५ वर्षका पुरुषमा कोरोना सक्रमण देखिएको छ। दार्चुलामा योसँगै कोरोना संक्रमितको संख्या ८० जना पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्