११३ जना प्राविधिकलाई राजेश हमालले गरे आर्थिक सहयोग 

pic help
  • 12
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ३ असोज। महानायक राजेश हमालले फिल्म क्षेत्रका १ सय १३ जना प्राविधिकलाई आर्थिक सहयोग गरेका छन्। उनले हरेक प्राविधिकलाई जनही पाँच हजारका दरले ६ लाख ६५ हजार आर्थिक सहयोग गरेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए।

महानायक हमालको यो सहयोगले प्राविधिक खुशी भएका थिए। प्राविधिक संघले काठमाडौंमा आयोजित गरेको कार्यक्रममा उक्त सहयोग रकम वितरण गरिएको थियो। कार्यक्रममा बोल्दै नायक राजेश हमालले भोली समस्या बढ्दै गएको अवस्थामा अझै ठूलो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए। हमालले आफ्ना हितैषी मित्रहरुसँग सहयोग रकम उठाएर आर्थिक सहयोग गरेको बताए।

यसबीच आर्थिक चपेटामा परेका प्राविधिकलाई कलाकारहरु पल शाह (५ लाख २ हजार), वर्षा राउत (५१ हजार), नीता ढुङ्गाना (३० हजार), ज्योत्सना फूयाँलले (२५ हजार), गरिमा पन्त (३४ हजार), निर्देशक नरेश पौडेल (२५ हजार)ले आर्थिक रकम बराबरको खाद्यान्न सहयोग गरेको पनि प्राविधिक संघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्