एनआईसी बैंकका अध्यक्ष अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थबाट विभूषित

Creative on Award to Chairman pic
  • 2
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ३ असोज। एनआईसी एशिया बैंकका संचालक समितिका अध्यक्ष तथा विशाल गु्रपका उपाध्यक्ष एवम् प्रतिष्ठित उद्योगी व्यवसायी तुलसीराम अग्रवाल प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित भएका छन्। संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपतिले अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित गरेकी हुन्।

अग्रवालज्यूले पाँच दशक देखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पु¥याउदै यस बैंकको अध्यक्षका साथै हाल विशाल गु्रपको उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदैआएका छन्। साथै उनले फाउण्डेसनमार्फत् समाजको हित रक्षाको लागि समेत उल्लेख्य कार्य गर्दै आएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्