आईपीएल : चेन्नाई सुपर किंग्सको विजयी सुरुवात

pic
  • 7
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ४ असोज। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सले विजय सुरुवात गरेको छ। डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई चेन्नाईले ५ विकेटले पराजित गरेको हो।

युएईको अबुधाबीमा शनिबार भएको उदघाटन खेलमा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नाईले १९ दशमलब २ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो। चेन्नाईका लागि अम्बाती रायाडुले ७१ र फाप डु प्लेसिसले अविजित रहदै ५५ रन जोडे । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको थियो।

मुम्बईका लागि सौरव तिवारीले सर्वाधिक ४२ रन बनाउँदा क्वीन्टन डि कक ३२ रनमा पेभेलियन फर्किएका थिए। केरोन पोलार्ड १८ तथा सूर्य कुमार यादव १७ रनमा आउट भए। कप्तान रोहित शर्मा १२ रन बनाउँदा पहिलो विकेटको रुपमा आउट भएका थिए। चेन्नाईका लागि लुंगि एनगिडीले तीन विकेट लिँदा दीपक चहार र रविन्द्र जडेजाले दुई दुई विकेट लिए। एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्