त्रिशुली नदीमा पेट्रोल ट्याङ्कर खस्यो

pic trisuli
  • 13
    Shares
लाेकपाटी न्यूज

धादिङ, ४ असोज। पेट्रोल ट्रयाङकर धादिङको गल्छी गाउँपालिका ६ चिरौदीबाट त्रिशुली नदिमा खसेर आगलागी भएको छ। ना ४ ख २८२२ को पेट्रोल ट्रयाङकर धादिङको गल्छी गाउँपालिका ६ चिरौदीबाट त्रिशुली नदिमा खसेर आगलागी भएको हो।

सवारीमा भएका चालक र सहचालक कहाँ छन् जानकारी नभएको जिल्ला ट्राफिक प्रहरी कनर्यनलय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए। नदिमा परेको सवारी पानीमा डुबेको छ। केहिभाग देखिएको छ। उद्धार कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्