चितवनमा थप ८ जनामा कोरोना संक्रमण

covid-19_corona
  • 6
    Shares
लाेकपाटी न्यूज

चितवन, ४ असोज। चितवनमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ७ जना चितवनका र एक जना नवलपुरका छन्।

भरतपुर अस्पतालले शनिबार राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ७ पुरूष र नवलपुरका एक पुरूषमा संक्रमण पुष्टि भएको हो। संक्रमितहरू ४० देखि ६७ वर्षसम्मका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्