पहिलो पटक पेरिसडाँडा जाँदै  केपी शर्मा ओली 

KP Sharma Oli
  • 27
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक बैठकका लागि पेरिसडाँडा जाँदैछन्। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय कार्यालय पेरिसडाँडामा पहिलो पटक पार्टीको बैठक बस्दैछ। बैठक बिहान ११ बजेका लागि डाकिएको छ।

नतत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण भएपछि त्यस अघिका दुवै पार्टीका केन्द्रीय कार्यालयलाई नेकपा केन्द्रीय कार्यालय मानिएको थियो । सधैंजसो प्रधानमन्त्री निवास बालुवाटारमै पार्टीको बैठक बस्दै आएको थियो।

बुधबार दिउँसो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि सचिवालय बैठक तय गरिएको थियो। शुक्रबारका लागि तोकिएको बैठक आइतबारका लागि सारिएको थियो।

स्रोतका अनुसार बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषय, एमसीसी,  संवैधानिक राजनीतिक नियुक्ति, पार्टी एकीकरणका बाँकी काम लगायतका विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्