त्रिशुलीमा ट्यांकर खस्यो

trisuli_accident
  • 5
    Shares
लोकपाटी न्यूज

धादिङ। धादिङको गल्छी गाउँपालिका ६ चरौंदीबाट त्रिशुली नदीमा ट्यांकर खसेको छ। ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्यांकर त्रिशुलीमा खसेको हो।

नदीमा खसेपछि ट्यांकरमा आगलागी पनि भएको थियो। ट्यांकर चालक र सहचालकका बारेमा कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए।

नदीमा खसेको ट्यांकर पानीमा डुबेको छ भने केही भाग देखिएको छ। अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्