टिकटक खरिद गर्न अमेरिकी कम्पनी ओराकललाई अनुमति

tiktok
  • 15
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अमेरिकी कम्पनी ओराकलले टिकटक खरिद गर्ने भएको छ। चिनियाँ कम्पनी बाइटडान्सको भिडियो सेयरिङ एप टिकटक खरिद गर्न ओराकललाई राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृति पनि दिएका छन्।

राष्ट्रपति ट्रम्पले आइतबार पत्रकाससमक्ष ओराकलसँगै वालमार्टले पनि यो सम्झौतामा भाग लिने जानकारी दिएका हुन्। सम्झौतापछि टिकटकको सञ्चालन अमेरिकाले गर्ने छ। राष्ट्रपतिका अनुसार यो सम्झौतामा एउटा शिक्षा कार्यक्रमका लागि दिइएको पाँच अर्ब डलरको समेत प्रयोग गरिने छ।

शुक्रबार बाइटडान्सले कोलम्बियाको जिल्ला अदालतमा ट्रम्प प्रशासनले टिकटकलाई अवरुद्ध गरेकोमा अभियोग दर्ता गराएको थियो। गत महीना राष्ट्रपति ट्रम्पले सेप्टेम्बर १५ सम्म टिकटक र वीच्याटमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका थिए। यस्ता एपहरुका विकल्प थुप्रै रहेको उनको भनाइ थियो।

साथै, यस्ता चिनियाँ एपहरुले अमेरिका र आफ्ना नागरिकमा सुरक्षा चुनौती थपिदिएको उनको आरोप थियो। राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘हामीलाई चीनबाट सुरक्षा चाहिएको छ। हामीलाई के थाहा छ भने, सुरक्षालाई खतरामा राखेर हामी केही पनि गर्ने छैनौं।’-एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्