प्रतिनिधिसभामा पराजितलाई मन्त्री बनाउने संविधानको आशय हैनः भिम रावल

Bhim-Rawal
  • 28
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ४ असोज । नेकपाका प्रभावशाली नेता डा. भिम रावलले प्रतिनिधिसभामा पराजीत व्यक्तिलाई मन्त्री बनाउन मिल्ने वा नमिल्ने बारेमा दुई अर्थ लाग्ने बताएका छन्।

अधिवक्ता र तत्कालिन संविधान सभाका सदस्य समेत रहेका नेता रावलले भने, “शब्द हेर्दा पराजीतलाई पनि मन्त्री बनाउन मिल्छ, तर मर्म चाहिं त्यस्तो हैन । ”

नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा उनले संविधान बनाउँदा हारेकालाई पनि मन्त्री बन्न मिल्ने आशय दिन नखोजिएको स्पष्ट पारे।

विगतमा निर्वाचनमा पराजीत भएका व्यक्तिहरु पनि मन्त्री हुने र जनताप्रति उत्तरदायी नहुने प्रबृत्तिलाई निरुत्साहित गर्न प्रतिनिधि सभामा पराजीत व्यक्ति मन्त्री हुन नमिल्ने व्यवस्था राखिएको उनको भनाइ छ।

उनले गौतमलाई मन्त्री बनाउने सम्वन्धी निर्णय गर्ने ठाउँमा आफु नभएकाले कुनै आफ्नो धारणा राख्न आवश्यक नभएको तर्क गरे।

त्यसैगरी डा. गोविन्द केसीको अनसनका बारेमा पनि उनले केही बताउन चाहेनन्। यस्ता विषयको सम्वोधन सरकारले गर्नु पर्ने धारणा राख्दै उनले डा. केसीको अनसनप्रति समर्थन गर्न नसकेको र विरोध गर्न डराएको आशय व्यक्त गरे।

चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी बढाउँदै आएपनि सामान आयात–निर्यातमा भने सीमानाका बन्द गरेर असहयोग गरेकोप्रति भने उनले आपत्ति जनाए।

सम्वन्धीत मन्त्रीले के हेरेर बसेका छन् भनेर प्रश्न गर्दै उनले चीनसँग तत्काल वार्ता गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए। रेडियो एनआरएन

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्