भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नाघ्यो

corona_virus
  • 7
    Shares
लोकपाटी न्यूज

नयाँदिल्ली। भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नाघेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ९२ हजार ६ सय ५ जना थपिएका छन्।

यससँग भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख ६ सय २० पुगेको छ। यस्तै, २४ घण्टामा १ हजार १ सय ३३ जनाको मृत्यु भएको छ। भारतमा हाल १० लाख १० हजार ८ सय २४ सक्रिय संक्रमित छन् भने ४३ लाख ३ हजार ४४ जना निको भइसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्