आइतबार सुनको मूल्य स्थिर, चाँदीमा गिरावट

  • 11
    Shares
लोकपाटी न्यूज

काठमाडौं। आइतबार सुनको मूल्य स्थिर रहेको छ। तोलाको ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि शुक्रवार पनि सुन तोलाको ९७ हजारमा कारोबार भएको थियो। त्यस्तै आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ५ सयमा कारोबार भइरहेको छ। चाँदीको मूल्यमा भने गिरावट आएको छ।

आइतबार चाँदीमा तोलामा १५ रुपैयाँले घटेर १३ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्