सचिवालय बैठकका लागि प्रचण्डसहित नेताहरू पेरिसडाँडा

KP_Oli_Prachanda
फाइल तस्वीर
  • 9
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पेरिसडाँडामा बस्दै छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू पेरिसडाँडामा पुगेका छन्।

बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पुग्न भने केही ढिलाई भएकाले छ। बैठक केही समयमा सुरु हुने सचिवालयका एक नेताले जानकारी दिए। पूर्वमाओवादी पार्टीको कार्यालय रहेको पेरिसडाँडामा आजको पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्दै आएको थियो। कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अध्यक्षतामा पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक बस्न लागेको हो। नेकपा कार्यालय रहेको पेरिसडाँडाको सुरक्षा व्यवस्था कडा पारिएको छ।

बैठकमा मन्त्रिमण्डल पुनर्गठनदेखि संवैधानिक नियुक्तिसम्मका विषयमा छलफल हुने बताइएको छ। विवाद समाधान कार्यदलले दिएको सुझावका आधारमा मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल हुन सक्ने ती नेताको भनाइ छ। सरकारका काम कारबाहीलाई थप प्रभावकारी बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा सचिवालय बैठकले प्रधानमन्त्रीलाई सुझाव दिने बुझिएको छ।

सांगठनिक एकताका विषयमा समेत सचिवालय बैठकमा एजेण्डाको रुपमा पेश भई छलफल हुने भएको छ। पार्टी एकताका बाँकी काम असोजभित्र पुरागर्ने स्थायी कमिटीले निर्णय गरेपछि सचिवालय बैठकमा छलफल हुन लागेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्