कोरोना संक्रमणबाट नेपाली सेनाका जवानको मृत्यु

nepali sena
  • 31
    Shares
लोकपाटी न्यूज

काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट पहिलो पटक नेपाली सेनामा कार्यरत एक जनाको निधन भएको छ। नेपाली सेनाका अनुसार निधन हुनेमा काठमाडौं उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवान रहेका छन्।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार ‘ब्‍लड क्यान्सर’का बिरामीसमेत रहेका ती जवानको भदौ २९ गते निधन भएको थियो। निधनपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको उनले बताए।

३४ वर्षीय सैनिक जवानको उपचारकै क्रममा निधन भएको थियो। प्रवक्ता पौडेलका अनुसार अहिलेसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्