बलिउड निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप

Payal_Anurag
  • 11
    Shares
लोकपाटी न्यूज

काठमाडौं। बलिउडका चलचित्र निर्माता अनुराग कश्यपमाथि यौन शोषणको गम्भीर आरोप लागेको छ। नायिका पायल घोषले उनीमाथि यौन शोषणको आरोप लगाएकी हुन्। पायलले ट्वीटरमार्फत यौन शोषणको आरोप लगाएकी हुन्।

उनले न्यायका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन पनि गरेकी छन्। आफूले असुरक्षित महसुस गरेको पनि उल्लेख गरेकी छन्। पायलले केही बलिउड, साउथ इण्डियन फिल्म तथा टिभी शोमा काम गरेकी छन्। २०१७ मा प्रदर्शनमा आएको ऋषि कपूरको फिल्म ‘पटेल कि पंजाबी शादी’बाट बलिउडमा डेब्यु गरेकी थिइन्।

पायलले अनुरागमाथि यौन शोषणको आरोप लगाएपछि राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले ट्वीटरबाटै आयोगमा उजुरी पठाउन आग्रह गरेकी छन्। पायलले चाँडै पठाउने जवाफ दिएकी छन्। देशको एक क्रिएटिभ भनिएका मानिसको राक्षसपनमाथि कारबाही गर्न उनको माग छ। उक्त आरोपपछि आफूलाई चलचित्र क्षेत्रमा घाटा हुने भए पनि आफूमाथि भएको अत्याचारका विषयमा बोलेको उनको भनाइ छ।

२०१४ या २०१५ तिर आफूमाथि त्यस्तो दुर्व्यवहार भएको उनले बताइन्। उनले भनिन्, ‘कामको सिलसिलामा अनुरागसँग भेट्न गएको थिएँ। उनले आफ्नो कोठामा एक्लै लगेर जबर्जस्ती शारीरिक सम्बन्ध राख्ने कोसिस गरेका थिए। त्योबारेमा मैले साथीभाइलाई भन्दा उनीहरूले चुप लाग्न भनेका थिए। त्यसपछि मैले कुनै पनि उजुरी गरिनँ।’ त्यसैगरी अभिनेत्री कंगना रनौतले अनुरागलाई पक्राउ गर्न माग गरेकी छन्।

उक्त आरोपमा जवाफमा अनुरागले अलिकति भए पनि लाज मान्न पायललाई भनेका छन्। उनले आरोप आधारहिन भएको र प्रतिशोध साध्न लगाइएको दावी गरेका छन्। उनले भनेका छन्, ‘चुप लगाउँदा-लगाउँदै मेरोबारे एकदमै गलत कुरा बोल्नुभयो। अलिकति भए पनि मर्यादाको त ख्याल गर्नुहोस्, म्याडम।’

आफूले काम गरेका, संगतमा रहेका सबै महिलासँग यस्तो खालको हर्कत कहिल्यै नगरेको र सैह्य पनि नहुने उल्लेख गरेका छन्। आरोपपछिको परिणामका लागि आफू तयार रहेको उनको भनाई छ। आफूमाथि अझै आक्रमण हुने भन्दै आरोप सुरुवात मात्रै भएको अनुरागले टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्