सरकारले गरेका कामको समीक्षा गर्ने बेला भयो : मन्त्री बस्नेत

Shakti Basnet
फाइल फोटो
लाेकपाटी न्यूज

जाजरकोट, १२ पुस । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बल्ल सरकारले गरेका कामको समीक्षा गर्ने बेला भएको बताएका छन् ।

सदरमुकाममा तेस्रो जाजरकोट महोत्सव उद्घाटन गर्दै उनले सरकारले गरेका कामको समीक्षा गर्ने समय बल्ल हुन थालेको गराएका हुन् । उनले भने, ‘हामी आफ्नो पेशामा इमान्दार बनौँ, त्यो यतिबेलाको आवश्यकता हो ।’आफू काममा लगनशील नहुने तर अर्काको विषयमा टिप्पणी गर्नेको सङ्ख्य बढी भएको उनको तर्क छ ।

जाजरकोट जिल्ला विकासको मूल प्रवाहमा आइसकेको बताउँदै वन तथा वातावरणमन्त्री बस्नेतले भने, ‘भारत र चीनजस्ता दुई ठूला देशलाई जोड्ने पारवहन राजमार्गलाई हामीले हाम्रो जिल्लालाई जोडेका छौँ ।’ पूर्व–पश्चिमलाई जोड्ने मध्यपहाडी लोकमार्गलाई जोडेर काम अगाडि बढिरहेको उल्लेख गर्दै उनले लुम्बिनीदेखि मुगुको रारासम्म जोड्ने राजमार्ग जाजरकोटसँग जोडेर अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्