लुक्ला जान पिसिआर रिपोर्ट नेगेटिभ अनिवार्य

lukla_airport
  • 36
    Shares
लोकपाटी न्यूज

काठमाडौं। हवाई  उडानबाट सोलुखुम्बुको खुम्बुपासङल्यामु गाउँपालिका प्रवेश गर्नेले पिसिआर नेगेटिभ रिपोर्ट बोक्नुपर्ने भएको छ। गाउँपालिकाले आफ्नो क्षेत्रमा प्रवेश गर्ने सबै यात्रुको पिसिआर टेस्ट नेगेटिभ आए मात्र उडान अनुमति दिन पत्र लेखेको छ।

गाउँपालिकाले जारी गरेको पत्रमा भनिएको छ, ‘हवाई तथा हेलिउडानमार्फत् गाउँपालिका आउने सबै यात्रुले पिसिआर टेस्टको नेगेटिभ रिपोर्ट लिएर मात्रै आउनु पर्छ।’गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले लुक्लामा उडान गर्ने हवाई कम्पनीहरुलाई सम्बोधन गर्दै लेखेको पत्रमा यस्तो शर्त राखिएको हो।

गाउँपालिकाले सबै हेलिकोप्टर कम्पीहरुसहित तारा, समिट र सितालाई पत्र समेत पठाएको छ। लुक्लामा तारा, सीता र समिट एयरले उडान गर्छन्। कोरोना भाइरसको महामारीकाबीच करीव ६ महिनापछि आन्तरिक उडान शुरु हुँदैछ। अहिलेसम्म हवाई उडानमा शर्त राख्ने खुम्बु पहिलो स्थानीय सरकार हो।

एयरलाइन्स कम्पनीले पनि अहिले सोही अनुरुप तयारी गरिरहेको बेला गाउँपालिकाले यस्तो शर्त अगाडि सारेका हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्