६ महिनापछि आन्तरिक हवाई उडान सुरु हुँदै, यस्तो छ भोलिको तालिका 

nepal airlines
  • 26
    Shares
लोकपाटी न्यूज

काठमाडौं। कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको आन्तरिक उडान असोज ५ (सोमबार)बाट सुचारु हुँदैछ। ६ महिनापछि आन्तरिक हवाई उडान खुल्न लागेको हो। सरकारले असोज १ गतेबाट लामो दूरीको यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेको थियो।

५० प्रतिशत यात्रु राखेर मात्र उडान सुचारु गर्न भनिएपछि एयरलाइन्सहरुले सत प्रतिशत यात्रु राख्न पाउनु पर्ने भनेपछि उडान सुरु गर्न ढिला भएको थियो। सुरक्षाका सबै मापदण्ड अपनाएर उडान सुरु गरिएको एयरलाइन्स अपरेटर्स एसोसिएसनले जनाएको छ।

नागरिक उड्डयन प्राधिकरणले हवाई उडानका क्रममा पालना गर्नु पर्ने मापदण्ड यस अघि नै जारी गरिसकेको छ। सरकारले आन्तरिक उडान सञ्चालन गर्ने निणर्यसँगै नेपाल वायुसेवा निगमले पनि विभिन्न रुटका उडान तालिका सार्वजनिक गरेको छ। निगमले आइतबार सूचना जारी गर्दै आन्तरिकतर्फको उडान तालिका सार्वजनिक गरेको हो।

यस्तो छ रुट

निगमले काठमाडौं–रुकुम–काठमाडौं, रुकुम–नेपालगंज–रुकुम सेक्टरमा आइतबार र बिहीबार, नेपालगञ्ज–जुम्ला–नेपालगञ्ज आइतबार, काठमाडौं–भोजपुर–काठमाडौं सोमबार, मंगलबार र शुक्रबार, काठमाडौं–दाङ–काठमाडौं सोमबार, बुधबार र शुक्रबार तथा काठमाडौं–फाप्लु–काठमाडौंका लागि आइतबार र मंगलबार उडान गर्ने जनाएको छ।

त्यस्तै काठमाडौं–थामखर्क–काठमाडौं बुधबार, नेपालगन्ज–बाजुरा–नेपालगन्ज बिहीबार, काठमाडौं–ताप्लेजुङ–काठमाडौं र काठमाडौं–खानीडाँडा–काठमाडौं शनिबार र बुधबार उडान भर्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्