टस हारेर ब्याटिङमा उत्रिँदै दिल्ली, अन्तिम ११ मा परेनन् सन्दीप

Sandeep-Lamichane
  • 19
    Shares
लोकपाटी न्यूज

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले पहिले ब्याटिङ गर्ने भएको छ। दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेलमा दिल्लीले पहिले ब्याटिङ गर्ने भएको हो।

किङ्‌स इलेभेन पन्जाबले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। दुबै टोली पहिलो जित निकाल्दै सिजनमा सुखद सुवात गर्ने लक्ष्यसहित मैदान उत्रिएका छन्।

यता नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने भने दिल्लीको टोलीमा अटाएका छैनन्। लगातार तेस्रो सिजन आईपीएल खेल्न लागेका सन्दीपलाई सिजनको पहिलो खेलमा दिल्लीले प्लेइङ सेटमा राखेको छैन।

सन्दीप वेष्ट इण्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) बाट आईपीएलका लागि सिधै युएई पुगेका थिए। सीपीएलमा राम्रो प्रदर्शन गरेका सन्दीपले १० खेल १२ विकेट लिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्