आईपिएल : दिल्ली क्यापिटल्सको विजय सुरुवात

ipl
  • 4
    Shares
लाेकपाटी न्यूज

एजेन्सी। इण्डीयन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले विजय सुरुवात गरेको छ। युएईको दुबईमा आइतबार राति भएको खेलमा दिल्लीले किंग्स इलभेन पञ्जावलाई सुपर ओभरमा पराजित गरेको हो।

खेलमा दिल्ली क्यापिटल्सले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो। उसका लागि मार्कस स्टोईनिसले सर्वाधिक ५३ रन जोड्दा पन्जावका मोहोमद शामीले ३ विकेट लिए।

जवाफमा १ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जावले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन मात्रै बनाएपछि खेल सुपर ओभरमा पुग्यो। पन्जावका मायांक अग्रवालले ६० बलमा ८९ रन जोडेपनि टोलीलाई जिताउन सकेनन्।

सुपर ओभरमा पन्जावले २ रन मात्रै जोड्दा २ विकेट गुमाएपछि दिल्लीले ३ रनको सामान्य लक्ष्य पाएको हो। आईपिएल क्रिकेटमा सोमबार राति सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्नेछन्। एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्