बाँकेमा कोरोनाबाट एक कैदीको मृत्यु

coronadeath
फाइल तस्वीर
  • 7
    Shares
लाेकपाटी न्यूज

बाँके, ५ असोज। कारागारका कोरोना संक्रमित एक जना कैदीको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा ५८ वर्षका कैदीको सोमबार बिहान ६ः२५ मा निधन भएको हो।

सुर्खेतको गुर्भाकोट नगरपालिका ४ सहारे घर भएका उनी कर्तव्य ज्यान मुद्दाका कैदी थिए। उनी पुरानो दमको बिरामी रहेको र स्वास प्रस्वासमा गम्भीर समस्या भएको थियो।

योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने बाहिरी जिल्लाबाट आएर बाँकेमा मृत्यु हुनेको संख्या ४ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्