नेकपा सचिवालय बैठक बस्दै, यी एजेण्डामा हुँदैछ छलफल

sachiwalaye
  • 8
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ५ असोज। नेकपाको सचिवालय समितिको बैठक आज पनि बस्दै छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दिउँसो १ बजे बस्ने छ।

आइतबार भने नेकपा सचिवालय समितिको बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको थियो। आज त्यही बैठकको निरन्तरता हो।

आजको बैठकले मन्त्रिमण्डल पुनर्गठनको मापदण्ड बनाउनेछ भने संवैधानिक आयोगका पदाधिकारी चयनबारे पनि टुंगो लगाउने नेकपाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्