तीन तले भवन भत्किँदा आठको मृत्यु : केहि बेपत्ता

bhawan
  • 6
    Shares
लाेकपाटी न्यूज

एजेन्सी। भारतको महाराष्ट्रमा तीन तले भवन भत्किँदा आठ जनाको मृत्यु भएको छ। सोमबार बिहान करिब ४ बजेतिर महाराष्ट्रस्थित ठाणे जिल्लाको भिवडी शहरको एक भवन भत्किदा अन्य २० जनाको उद्दार गरिएको छ भने अझै केहि व्यक्तिहरु पुरिएको आशंका गरिएको छ।

मुम्बई पछिल्लो दुई दिनदेखिको भारी वर्षाका कारण भवन कमजोर भएर भत्किएको आशंका गरिएको छ। उक्त भवनमा यसमा २१ परिवार बस्ने गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। उक्त भवन सन् १९८४ मा निर्माण भएको बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्