नेकपा सचिवालय बैठक स्थगित 

sachiwalaye
  • 22
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ।  आज एक बजे बस्ने तय भएको सचिवालय बैठक तयारी नपुगेको भन्दै भोलिसम्मका लागि स्थगित भएको हो।

तयारी नपुगेको भन्दै सचिवालय बैठक आजका लागि स्थगित गरिएको अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को सचिवालयले जनाएको छ।

त्यस्तै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट गर्दै आजको बैठक भोलि मध्यान्न १२ः ३० मा बालुवाटारमा बस्ने जानकारी दिएका छन्।

आइतबार पूर्व माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले मन्त्रिपरिषद पुनर्गठन र संवैधानिक निकायमा नियुक्तिलगायतका विषयमा छलफल गरेको थियो। आज बस्ने बैठकले मन्त्रिपरिषद पुनर्गठनको मापदण्ड र संवैधानिक निकायमा नियुक्ती लगायतका विषयलाई अन्तिम रुप दिने तय भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्