वीरगन्जमा थप ४ कोरोना संक्रमितको मृत्यु

corona death
सांकेतिक तस्वीर
  • 38
    Shares
लोकपाटी न्यूज

वीरगन्ज। वीरगन्जमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तीन संक्रमितको आइतबार र एक जनाको शनिबार उपचार क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा पर्साका दुई  तथा बारा र रौतहटका एक/एक जना रहेका छन् ।

स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले नारायणी अस्पतालमा उपचाररत रौतहटका ६१ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको जानकारी दिए। उनले ती पुरुष भदौ ३१ गते अस्पताल भर्ना भएको बताए। नारायणीमै उपचाररत वीरगन्जका ८८ वर्षीय संक्रमितको पनि आइतबार बिहान मृत्यु भएको छ। उनी असोज २ गते अस्पताल भर्ना भएका थिए।

त्यस्तै वीरगन्जको नगवामा नेसनल मेडिकल कलेजले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पतालमा उपचाररत बाराको कलैया उपमहानगरपालिका ६५ वर्षीय पुरुषको पनि आइतबार बिहान मृत्यु भएको हो। स्वास्थ्य निरीक्षक ठाकुरका अनुसार कलैयाका संक्रमित मधुमेह र मुटुसम्बन्धी रोग देखिएको थियो। उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि असोज १ गते अस्पताल ल्याइएको थियो।

सोही अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका ७८ वर्षीय पुरुषको पनि शनिबार अपराह्न ४ बजे मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले भदौ ३१ मा उनलाई अस्पताल भर्ना गरिएको ठाकुरले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्