तोडफोडमा उत्रेका ८ सांसद निलम्बित

pic4
  • 46
    Shares
लोकपाटी न्यूज

काठमाडौं। भारतको राज्यसभाका अध्यक्ष एम बैंकैया नायडुले अभद्र व्यवहार गरेको भन्दै राज्यसभाका ८ विपक्षी सांसदहरुलाई एक साताका लागि निलम्बनमा गरेका छन्। विपक्षी सांसदहरु देरेक ओ ब्राइन, के के रागेस, डोला सेन, सैयद नजिर हुसैन, संजय सिंह, राजिभ सत्ताभ, रिपुन बोरा र अल्माराम करिमलाई एक साताका लागि निलम्बनमा परेका हुन्।

आइतवार ‘एग्रिकल्चर रिफर्म बिल’ माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो। सांसद बैठकको अवधि विधेयक पारित गर्नकै लागि बढाएपछि विपक्षी सांसदले संसदका उपसभापति हरिवंशविरुद्ध नाराबाजी गरेका थिए भने उपसभापतिको आसननजिकै गएर रुक बुक च्यातेर माइक पनि तोडफोड गरेका थिए।

परिस्थितिलाई नियन्त्रणमा लिन मार्शल बोलाउनु परेको थियो। संसदीय मामिला मन्त्री भी मुरलीधरनले संसदको चालु अधिवेशनलाई अगाडि बढाउन अभद्र व्यवहार गर्ने सांसदलाई निलम्बन गर्नुपर्ने सूचना सदनमा लिएका थिए। सदनले उक्त सूचनालाई पास गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्