सभापति देउवाद्वारा शेर्पाको निधनप्रति दुःख व्यक्त

Sher_Bahadur_Deuba
  • 9
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘हिम चितुवा’को उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको आज विहान भएको निधनप्रति दुःख व्यक्त गरेका छन्।

उनले एक शोक वक्तव्यमार्फत १० पटकसम्म विना अक्सिजन सगरमाथा आरोहण गर्नुभएका स्व शेर्पाको कीर्तिमान पर्वतारोहणको क्षेत्रमा सदैव स्मरणीय रहिरहने उल्लेख गरेका छन्।

पछिल्लो पुस्ताका युवा एवं युवा पवर्तारोहीका लागि शेर्पा सदैव साहस र प्रेरणाको प्रतिमूर्ति रहेको उल्लेख गर्दै सभापति देउवाले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्