कर्मचारी ट्रेड यूनियनको निर्वाचन स्थगित गर्ने तयारी

tred_union
  • 27
    Shares
लोकपाटी न्यूज

काठमाडौं। असोज २४ गते हुने भनिएको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियनको निर्वाचन स्थगित हुने भएको छ। कोरोना महामारीको कारण देखाउँदै आधिकारिक ट्रेड यूनियनको निर्वाचन स्थगित गर्न सरकालाई दबाब आइरहेको छ।

निर्वाचन स्थगितबारे मङ्गलवार सूचना जारी गर्ने तयारी रहेको बताइएको छ। निर्वाचन स्थगित गर्ने विषयमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति बनेपछि आधिकारिक ट्रेड यूनियनको निर्वाचन स्थगित हुन लागेको स्रोतको भनाई रहेको छ।

निर्वाचनको विषयमा पार्टीका अन्य नेताहरुसँग पनि भइरहेको बताइएको छ। छलफलमा नेकपाको कर्मचारी सङ्गठनको एकताका बाँकी काम नटुङ्गिएको र कोरोना महामारीका कारण यूनियनको निर्वाचन स्थगित गर्ने सहमति भएको थियो। त्यस लगत्तै मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्वाचन स्थित गर्न निर्देशन समेत दिइएको स्रोतको भनाइ रहेको छ।

आधिकारिक ट्रेड यूनियनको निर्वाचन सरकारले गर्छ। यसअघि सरकारले असोज २४ मा आधिकारिक ट्रेड यूनियनको निर्वाचन गर्ने गरी निर्वाचन कार्यालय स्थापना गरी कार्यतालिका समेत सार्वजनिक गरेको थियो। निर्वाचनको लागि करिब आवश्यक तयारी पुरा भइसकेको थियो। प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले पनि सोमबार आधिकारी ट्रेड यूनियनको निर्वाचन स्थित गर्न माग गरेका थिए।